देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीमा ओलीको बलमिचाइँ

देशान्तर

काठमाडौं – संविधान कुल्चिएर प्रतिनिधिसभा भंग गर्ने असफल प्रयास गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानलाई बेवास्ता गदै एकताबद्ध हुन लागेको आफ्नै पार्टीभित्र बलमिचाइँ थालेका छन् ।

यसको सुरुवात उनले आफ्ना पक्षीय केन्द्रीय सदस्यहरुको एकलौटी भेला बोलाएर नवौं महाधिवेशनपछि चयन भएका आफूइतरका विभागीय प्रमुखहरुलाई जिम्मेवारीबाट हटाएर गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको केन्द्रीय सदस्यहरुको भेलामा प्रधानमन्त्री ओलीले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएका छन् ।

यस्तै उनले मओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको जानकारी पनि आफू पक्षीय केन्द्रीय बैठकमा गराएका छन् । ओलीले चैत १ गते हुने भनिएको एमाले केन्द्रीय कमिटि बैठकको तयारीका लागि भन्दै आफू पक्षीय केन्द्रय सदस्यहरुलाई बालुवाटार बोलाए । कान्तिपुर दैनिकबाट