देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंबाट साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ

देशान्तर

काठमाडौँ – प्रहरीले २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार काठमाडौंको बौद्ध क्षेत्रबाट ४ जनालाई युरेनियमसहित बरामद गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

युरेनियमसहित पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीया प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको पनि प्रहरीले बताएको छ ।

बरामद भएको बस्तु युरेनियम नै भएको कुरा खुमलटारस्थित नास्टको प्रयोगशालाबाट प्रमाणित भएको पनि एआईजी पालले बताए । पक्राउ पर्नेहरुविरुद्ध विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम छानबिन र अनुसन्धान अघि बढाइने पनि पालले बताए ।