देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजमा नवीन चौहान

देशान्तर

काठमाडौं । थापाथलीमा रहेको इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज ९आईएमएस० कलेजको म्यानेजमेन्ट परिवर्तन भएको छ । सन् २००४ देखि सुरु भएको आईएमएसको अध्यक्षमा नवीन चौहान आएका छन् ।

विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा रहेका चौहान लिभरपुल कलेजका सञ्चालक एवं सहप्राचार्यसमेत हुन् । चौहानको टिममा काठमाडौंका ख्यातिप्राप्त संघसंस्थाहरूमा आबद्ध शैक्षिक तथा प्राज्ञिक व्यक्तित्वहरूको संलग्नता छ ।

‘विद्यार्थीलाई आत्मनिर्भर बनाई रोजगार बजारमा लैजान ५ वटा कम्पनीसँग सम्झौता ९एमओयू० भएको छ’, अध्यक्ष चौहानले भने, ‘अब कलेजलाई नयाँ शिराबाट अगाडि बढाउँछौँ ।’

आईएमएस कलेजले प्रोसर नेपाल र जेनिस क्लाउड एकेडेमी जस्ता अन्तर्राष्ट्रिय आईटी कम्पनी, ट्यालेन्ट्स् कनेक्ट्स ९एचआर कम्पनी० र सेक्युरिटिज कम्पनीहरूसँग सम्झौता गरेको छ । आईएमएसले अबको पठनपाठन विद्यार्थी तथा प्रविधि केन्द्रित हुँदै उनीहरूको व्यक्तित्व विकासलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको हुनेछ ।

देशभित्रका बिजनेस अर्गनाजेसनको आवश्यकतानुसारको जनशक्ति आईएमएसले तयार गर्छ । विभिन्न विषयका ख्यातिप्राप्त प्रोफेसरहरूलाई नियमित तथा भिजिटिङ क्लासमा सरिक गराई नेपालको उच्चस्तरीय बिजनेस कलेजको रूपमा अगाडि बढाउने प्रतिबद्धता अध्यक्ष चौहानले गरे ।

उच्च शिक्षाका लागि विद्यार्थी विदेश पलायन हुने क्रम तीब्र छ । यसलाई रोक्दै नेपालमै विश्व स्तरको शिक्षा प्रदान आईएमएसमा गरिने उनले बताए ।

आईएमएसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बीबीए, बीआईएम, बीबीएस कोर्स पढाइ हुँदै आएको छ ।