काठमाडौ । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले यो संविधानलाई रक्षा गर्ने की हत्या गर्ने भन्ने बहस चलेको बताएका छन्।
पहिले अधिकारबाट बन्चित भएकाहरुले अहिलेको संविधानमा अधिकार पाएको धेरैलाई मन नपरेको र उनीहरुले यो उल्ट्याउने षडयन्त्र गरेको प्रचण्डले दाबी गरे। त्यसैले त्यसविरुद्ध क्रान्ति गर्नुपर्ने उनको जिकिर छ।
‘जसले गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक भन्ने मन पराउँदैनथे उनीहरुले यो उल्ट्याउन खोजेका छन्,’ शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित अधिवेशन उद्घाटनमा सम्बोधन गर्दै प्रचण्डले भने।
उनले शान्ति सम्झौता गर्दाका अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको स्मरण गर्दै अहिले आफूलाई एक्ल्याउन खोजिएको बताए। अहिले सबैभन्दा बढि घेराबन्दी ममाथि भएको छ,’ उनले भने।
उनले प्राप्त उपलब्धीलाई उल्ट्याउन देशभित्र र बाहिरका प्रतिक्रियाबादीले षडयन्त्र गरेको बताए। जन्मेको बच्चालाई फेरि भित्र लैजाने जस्तै षडयन्त्र गरिएको उनले दाबी गरे।
प्रतिक्रिया