देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘एस्ट्राजेनेकाको खोपले रगतमा कुनै असर गर्दैन’

देशान्तर

अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाउँदा रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन युनियनले दाबी गरेको छ ।

यो कोरोना खोप लगाएका व्यक्तिमा रगतमा धब्बाहरु देखा परेको कुरा सत्य नभएको युरोपियन सङ्घको नियामक निकायका अधिकारीहरुले बताएका छन् । यसअघि खोप लगाइसकेका मानिसको शरीरमा रहेका रगतको सानो समूहहरुमा केही असरहरु देखा परेको भनिएको थियो ।

डेनमार्क, नर्वेलगायत देशमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो । इटलीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक व्यक्तिको ज्यान गएसँगै यो खोपको प्रभावकारिताबारे प्रश्न उठेको हो । तर पछि ती व्यक्तिको अरु नै रोगका कारण ज्यान गएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको दाबी छ ।

एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारणहरु नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले सुझाव दिएको छ ।