देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न जसपाका नेता बालुवाटारमा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न जनता समाजवादी पार्टी (जसपा) का नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। केहीबेर अघि जसपाका शीर्ष पाँच नेताहरु बालुवाटार पगेका हुन्। शीर्ष नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेको जसपा नेता लक्ष्मणलाल कर्णले बताए।

जसपाले सत्ता सहकार्य र आफ्ना एजेन्डाबारे प्रधानमन्त्री ओलीसँग छलफल गर्ने जनाएको छ। जसपाले सांसद रेशम चौधरीको रिहाइ, थरुहट आन्दोलनको मुद्दा र संविधान संशोधनलगायत माग सम्बोधन गरेमा सत्ता सहकार्य गर्नसकिने जनाएको छ। उनीहरूले प्रधानमन्त्री ओलीबाट यसअघि धोका भएकाले अहिले सचेत भएको जनाएका छन्। उधारो सहमति नगर्ने उनीहरुको भनाइ छ।

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएका छन्।