काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनमाथि हमला भइरहेको बताएका छन् । नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बिहीबार उनले भने, हामीले संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं ।
अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन् । तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ । त्यसकारण सजग भएर फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको दाहालको भनाइ थियो । विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको उनले बताए ।
योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो । पार्टी निर्माणका लागि फेरि अभियान चलाउने र काठमाडौं भन्दा बाहिर अभियानमा बस्ने सोचमा रहेको दाहालले बताए । अहिले युद्धको परिस्थिति नरहेको र शान्तिपूर्ण ढंगले अभियान चलाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया