अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति जो बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ ।
बुधवार तल्लो सदन प्रतिनिधिसभाले यसलाई पार्टीगत बहुमतबाट पारित गरेको हो । प्याकेज राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ ।
ह्वाइट हाउसका अनुसार यसमा शुक्रबार नै राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्नेछन् । मतदान हुँदा एकजना बाहेक सबै डेमोक्रेटिक सांसदले प्याकेजको समर्थन गरेका थिए ।
राहातलाई रिपब्लिकन दलका सांसदहरूले भने अस्वीकार गरेका छन् । यसअघि माथिल्लो सदनले पनि यो प्याकेज बहुमतले पास गरेको थियो ।
कोरोनाको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने उद्देश्यले प्याकेज अघि सारिएको हो । अमेरिकाले हालसम्म महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको छ ।
प्याकेजले अत्यावश्यक सेजा कर्मचारी, श्रमिक र सर्वसाधारणलाई महामारीको प्रभावसँग जुध्न सघाउ पुग्ने बाइडेनको विश्वास छ ।
प्याकेजमा अधिकांश अमेरिकीहरूले पाउने गरि एकमुष्ट प्रतिव्यक्ति १४ सय डलरको सहयोग सामेल छ । बेरोजगारलाई सहायता, राज्य तथा स्थानीय सरकारलाई अनुदान, विद्यालय खुला, कोरोनाको परीक्षण र अनुसन्धान र खोप वितरण पनि प्याकेजमा समावेश गरिएको छ ।
प्रतिक्रिया