काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा भएमा सत्ता सहकार्यको कुरा हुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता महतोले आफ्ना मागहरू पूरा नभए सरकारमा नजाने स्पस्ट पारेका हुन् । महतोले भने रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मधेश र थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिता गर्ने लगायतका माग पूरा भएपछि मात्र सत्ता साझेदारीको कुरा हुन्छ ।
ओली सरकारलाई आफूहरूले पहिले नै समर्थन गरेर हेरिसकेको स्मरण गर्दै महतोले आफूहरू ओलीलाइर्ए समर्थन गर्न मात्रै जन्मिएको हो भन्दै प्रश्न गरे ।
आफूहरू सरकारलाई सित्तैमा समर्थन नगर्ने बताउँदै मागहरूको उचित सम्बोधन हुनुपर्नेमा जोड दिए । मागहरू पूरा गर्नेहरूप्रति आफूहरूको सहानुभूति हुने उनको छ ।
प्रतिक्रिया