काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ । नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।
संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ ।
सर्वोच्च अदालतको गत आइतबारको फैसलाबाट नेकपाका दुई घटक एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ ।
सोमबार एमालेले धुम्बाराहीस्थित पार्टी कार्यालयमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको थियो । पेरिसडाँडास्थित कार्यालयमा भने माओवादी केन्द्रको बोर्ड राखिएको छ ।
प्रतिक्रिया