काठमाडौं । कोरोना संक्रमणबाट बाँकेमा नेपाली कांग्रेसकी नेतृ मायादेवी गुरूङको निधन भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका ( २०, राँझा निवासी ५४ वर्षीया गुरुङ नेपाली कांग्रेसकी क्षेत्रीय कार्यसमिति सदस्य तथा समाजसेवी थिइन्।
बुधबार बिहान उपचारका क्रममा भेरी अस्पतालमा गुरुङको मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।
केन्द्रका अनुसार उनलाई गत माघ ३० गते कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा राखिएकामा स्वास्थ्य अवस्था बिग्रिएपछि फागुन ६ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो।
प्रतिक्रिया