काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को स्थायी समिति बैठक शुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिनेबारे छलफल भइरहेको एक स्थायी समिति सदस्यले बताए। उनले अहिले बैठक जारी रहेकोले त्यसबारेमा केही निर्णय भइनसकेको पनि बताए।
मंगलबार बसेको बैठकले सदन र सरकार सञ्चालनका विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा ) सँग छलफल गर्ने निर्णय गरेको थियो।
सोहीअनुसार अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारको प्रस्ताव राखेका थिए। त्यस लगत्तै उनले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका थिए।
संसद्मा नेकपा ( माओवादी केन्द्र ) को ५३ सिट छ। नयाँ सरकारका लागि १३४ मत आवश्यक हुन्छ। कांग्रेससँग ६३ र जसपासँग निलम्बित समेत गरी ३४ सिट छ।
प्रतिक्रिया