देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवीन्द्रराज जोशीको अवस्था फेरि गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

देशान्तर

काठमाण्डौ – मस्तिष्काघात भइ गएको फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या देखिएको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ । अहिले उनको रक्तचाप सामान्य छ भने प्रति मिनेट उनी आफैँले आठरदश पटक सास फेरिरहेको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए।

मस्तिष्काघात हुँदा रक्तश्राव भइ उनको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीका उपचारको क्रममा फेरि समस्या आउनु स्वाभाविक परिणाम रहेको डाक्टर झाको भनाइ छ । मङ्गलवार उनको स्वास्थ्य अवस्था स्थिर तर जोखिमपूर्ण नै देखिएको झाले बताए।