देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अकोरावको साधारणसभा अनिश्चित समयका लागि स्थगित

देशान्तर

 सामुदायिक रेडियो प्रशारक संघ (अकोराव)को आज फागुन २५ गतेका लागि तय भएको सातौं अधिवेशन तथा १५ औं साधारणसभा अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

अकोरावले गएराति अबेर विज्ञप्ति जारी गरी अधिवेशन तथा साधारणसभा र निर्वाचनका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।

‘कार्यक्रमको पूर्वसन्ध्यामा केहि व्यक्तिहरु हाम्रो कार्यालयमा आएर पदाधिकारीलाई धम्क्याएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अधिवेशनमा सहभागी हुने आधिकारिक प्रतिनिधिको विषयमा सुरु भएको विवाद उत्कर्षमा पुगेको र असुरक्षाको वातावरण उत्पन्न भएकाले भोलिका लागि तय भएको कार्यक्रम सन्चालन गर्न असमर्थ छौं ।’