इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।
सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सी जितसँगै तालिकामा ५० अंक बनाएको छ भने तालिकाको चौथो स्थानमा रहेको छ ।
पराजित भएको एभर्टन ४६ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
चेल्सीलाई घरेलु मैदानमा जित दिलाउनका लागि बेन गडफ्रेले आत्मघाति गोल उपहार दिएका थिए ।
३१ औं मिनेटमा एर्भटनका गडफ्रेले आफ्नै पोस्टमा गोल गरेपछि विपक्षी चेल्सीले अग्रता लिने मौका पाएको थियो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको चेल्सीले दोस्रो हाफमा एक गोल थपेको थियो ।
त्यो पनि पेनाल्टी मार्फत । जर्जिन्होले पेनाल्टी माफर्त ६५ औं मिनेटमा गोल गरेपछि चेल्सी २–० गोल अन्तरले अघि बढ्यो ।
त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि चेल्सी २–० गोल अन्तरले विजयी हुन पुग्यो ।
प्रिमियर लिग तालिकामा म्यानचेस्टर सिटी ६५ अंकका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड ५४ अंकसहित दोस्रो स्थानमा छ ।
गत संस्करणमा उपाधि जितेको लिभरपुल भने ४३ अंकका साथ आठौं स्थानमा छ ।
प्रतिक्रिया