काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् ।
संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको बताएका थिए ।
सोमबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई जवाफ दिए । आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भन्ने अदालतले भनिसकेको भन्दै उनले भने, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?
प्रतिक्रिया