देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पानी जहाज किनेर तीन दिनभित्र नेपालमा समान ल्याउछौं– प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । केही महिना अघि नेपाली जनताको घर घरमा खाना पकाउने ग्यासको पाइप पुर्याउने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अर्को घोषणा गरेका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने घोषणा गरेका हुन् । त्यतिमात्रै होइन नेपाल आफैले सामुन्द्रीक बन्दरगाह संचालन गर्ने र पानी जहाज किनेर तीन दिन भित्र समान विदेशबाट स्वदेश ल्याइपुर्याउने योजना सुनाए ।     

मङ्गलबार अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई सार्ने बताए ।

‘हामी आफैँ पानीजहाज किन्छौँ  र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’’, उनले भने– ‘‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’’

उनले अब नेपाललाई अगाडि बढ्न कसैले रोक्न नसक्ने जिकिर गर्दै भने, ‘स्वाभिमान, समृद्ध र विकसित रुपमा नेपाल अगाडि बढ्छ ।’

ओलीले रोजगारीका अवसर तलदेखि नै सुरु गरिने र त्यस क्रममा गाउँ गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने पनि जानकारी दिए । 

नेकपा (एमाले)का अध्यक्ष ओलीले पुनःनिर्माणको काम दु्रत गतिमा बढेको बताउँदै सरकारले यही जेठ ७ गतेदेखि १५ दिनसम्म स्वयम्सेवक परिचालन गर्ने जानकारी गराए । 

परिषद् बैठकमा देशभरिका २०० भन्दा बढी महिलाको सहभागिता छ ।  बैठक बुधबारसम्म चल्ने छ । 

]]>