देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सबैको साथ र सहयोगले मात्र मुलुकमा समृद्धि आउँछ मुख्यमन्त्री : पौडेल

देशान्तर

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकमा समृद्धि ल्याउन संचार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै पत्रकारले निष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताएका छन् ।

ओली निकट प्रेस संगठन मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सबैको साथ र सहयोगले मात्र मुलुकमा समृद्धि आउने बताए ।

उनले पत्रकारका नाममा आग्रह र पूर्वाग्रह राखेर पत्रकारिता गर्नु नहुने तर्क गरे । पत्रकारले सत्य तथ्य लाई विश्लेषण गरेर मात्र सुचना प्रवाह गनुपर्ने उनले बताए ।

पत्रकारको हक हितमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री पौडेलले बताए । उनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कोषमा प्रदेश सरकारको तर्फबाट पाँच लाख रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।