देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाइडेनको १९ अर्ब डलरको राहत प्याकेज सिनेटद्वारा पारित

देशान्तर

कोरोना भाइरसको महामारी खेपिरहेका अमेरिकी नागरिकको राहतका लागि राष्ट्रपति जो बाइडेनले ल्याएको १९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी विधयेक सिनेटले पारित गरेको छ ।

सिनेटका सबै रिपब्लिकन सिनेटरले विपक्षमा मत दिए पनि बाइडेनको राहत योजना पारित भएको हो । बाइडेनकै पार्टीको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले आउँदो मंगलबार सो विधेयक पारित गर्ने सम्भावना छ ।

चुनावमा आफूले वाचा गरे अनुसार अमेरिकी नागरिकलाई सहयोग गर्ने मार्गमा सिनेटबाट भएको विधेयक पारित प्रमुख फड्को रहेको राष्ट्रपति बाइडेनले बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख २३ हजारको ज्यान गइसकेको छ । दुई करोड ९० लाख संक्रमित भएका छन् ।

महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ । हाल अमेरिकामा बेरोजगारी दर ६ दशमलव २ प्रतिशत छ ।

महामारी सुरु भएयता तेस्रो पटक अमेरिकी सरकारले प्रभावितका लागि राहत प्याकेज ल्याएको हो । यो चरणको राहत प्याकेजमा प्रभावित नागरिकलाई १४ सय डलर बराबरको चेक प्रदान गरिने छ ।

रिपब्लिकनहरुले बाइडेनको योजना निकै खर्चिलो रहेको भन्दै विरोध गरेका छन् । केही डेमोक्र्याटहरुले पनि प्याकेजका केही व्यवस्थामा विरोध जनाएका छन् ।

नयाँ योजना अनुसार आउँदो सेप्टेम्बर ६ सम्म बेरोजगार भत्ता समेत दिइने छ । सो भत्ता भने हप्ताको ४०० डलरबाट घटाएर ३०० डलर बनाइएको छ ।