देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा बार्सिलोनाको सहज जित

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई दुई शुन्य गोल अन्तरले पराजित गरेको हो । ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा मोरिबाले गोल गर्दै बार्सिलोनालाई दुई शुन्य गोलको जित दिलाए ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी घटाएको छ । बार्सिलोनाले २६ खेलमा ५६ अंक जोडेको छ ।

दोस्रो स्थानको बार्सिलोना एट्लेटिको भन्दा २ अंकले पछि रहेको छ । एट्लेटिकोको ५८ अंक रहेको छ ।

ओसासुना २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।