देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लेस्टर सिटी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनमाथि २–१ गोलको पुनरागमन जित दर्ता गर्दै दोस्रो स्थानमा रहेको हो ।

दोस्रो स्थानमा रहेको लेस्टरको ५३ अंक भएको छ भने एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ५१ अंकका साथ तेस्रो स्थानमा रहेको छ । म्यानचेस्टर सिटी भने ६५ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

ब्राइटनको मैदानमा एडम ललनले गोल गर्दै घरेलु टोलीलाई दशौं मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको लेस्टरले दुवै गोल दोस्रो हाफमा गरेको हो । ६२ औं मिनेटमा केलिची इनह्यान्चोले गोल गरेपछि लेस्टरले खेल एक एकको बराबरीमा ल्याएको थियो ।

८७ औं मिनेटमा डेनियल अमार्टेले गोल गरेपछि लेस्टर २–१ गोल अन्तरले विजयी हुन पुग्यो ।
यसैगरी साउथ ह्याम्पटले सेफिल्ड युनाइटेडमाथि २–० गोल अन्तरको जीत दर्ता गर्दा आर्सनल र बर्नले एक एक गोलको बराबरीमा रोकिए । त्यसैगरी एस्टोन भिल्ला र उल्भ्सल भने गोलरहित बराबरीमा रोकिँदै एक एक अंक लिएका छन् ।