देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

देशान्तर

काठमाडौं – दार्चुलामा जीप दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ । शनिबार बेलुकी सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नम्बरको को जीप दुर्घटना भएको हो ।

जीप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार मृत्यु हुनेमा जीप चालक चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन् । घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाएको सिंहले जानकारी दिए । घाइतेको अवस्था गम्भीर रहेको पनि सिंहले जानकारी दिए ।