देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाण्डौ महानगरले खोप अभियानका लागि विभिन्न १५ ठाउँमा केन्द्र तोक्यो

देशान्तर

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भोलिदेखि सुरु हुने कोरोनाविरुद्धको खोप अभियानका लागि विभिन्न १५ ठाउँमा केन्द्र तोकेको छ ।

६५ वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउन विभिन्न १५ ठाउँमा खोप केन्द्र तोकिएको महानगरपालिकाको सहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, क्षेत्रपाटी नि:शुल्क चिकित्सालय, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र निजामती कर्मचारी अस्पताल तोकिएका महानगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

यस्तै सिनामङ्गलमा रहेको मदरल्याण्ड अस्पताल, काठमाण्डौ मेडिकल कलेज, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, बौद्धमा रहेको स्तूपा अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र रहेका छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल, नेपाल प्रहरी अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र बालाजुमा रहेको जनमैत्री अस्पतालमा पनि खोप लगाउन पाइने महानगरपालिकाले जनाएको छ ।