काठमाडौँ – ३६ वर्षअघि पाटनबाट हराएको वासुदेव–कमलाजा ( लक्ष्मी–नारायण ) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।
अमेरिकी संघीय अनुसन्धान ब्युरो९एफबीआई० का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा राजदूत नेपालको प्राचीन मूर्ति फिर्ताका लागि पहल गरेकोमा अमेरिकी सरकारलाई विशेष धन्यवाद पनि दिए । सांस्कृति सम्पदाको संरक्षणका लागि दुई मुलुकबीच भएको सहकार्यको पनि राजदूत खतिवडाले प्रशंसा गरे ।
प्रतिक्रिया