देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्च रक्तचाप र युरिक एसिड हुनेहरुले यी कुराहरुमा ध्यान दिनुहोस्

देशान्तर

काठमाडौं – पछिल्लो समय नेपालसहित विश्वभर उच्च रक्तचाप र युरिक एसिडको समस्या हुनेहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ । विश्वको करिब दुई तिहाई जनसंख्यामा उच्च रक्तचापको समस्या रहेको अध्ययनले देखाएका छन् । खानपान र जीवनशैलीमा मात्र परिवर्तन गर्न सकेमा पनि यी समस्याको न्यूनीकरणमा ठूलो फाइदा पुग्ने विशेषज्ञहरुको राय छ ।

उच्च रक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरु :

  • नून र चिल्लो पदार्थको सेवन कम गर्ने
  • धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि
  • मोटोपना घटाउने ।
  •  दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
  • गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने
  • गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने
  • ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने
  • नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने

यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु :

  • रातो मासु (खसी, राँगा) वा भित्री मासु (कलेजो, मिर्गौला, गिदी आदि) नखाने
  • मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने
  • प्रशस्त मात्रामा पानी पिउने
  • दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने
  • योगासन, प्राणायाम गर्ने
  • दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने
  • जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने