देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्झना भण्डारी र पोषण डाँगीको ‘आखिर हत्या कस्ले गर्‍यो त ?’

देशान्तर

काठमाडौं । चर्चित संगीतकर्मी सम्झना भण्डारी र पोषण डाँगीको नयाँ लोकदोहारी गीत ‘आखिर हत्या कस्ले गर्यो त ?’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसहितको उक्त गीतलाई शुक्रबारदेखि एक्सन मिडिया युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

शेरवहादुर डि.सी.को निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा शेरवहादुर डि.सी., सारिका केसी, पुरुषोत्तम आचार्य, राजन छडियाल, आइन्सा आचार्य, रिता आचार्य, विनोद आदी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त गीतको छायाँकन सुशील डाँगी तथा सम्पादन निराजन केसीले गरेका हुन् । गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको कथामा समाजमा घट्ने घटनालाई समावेश गरिएको निर्देशक डि.सी.ले जानकारी दिए ।

आखिर हत्या कस्ले गर्‍यो त ? यो रहस्य जान्नको लागि तलको लिंकमा क्लिक गरी पूरा भिडियो हेर्नुहोस ।