देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बी डिभिजन लिग : सातदोबाटोद्धारा बाँसबारी पराजित

देशान्तर

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले बाँसबारीलाई हराउँदै सहज जित निकालेको हो ।

खेलमा सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो । सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे । खेलको १९ औं मिनेटमा अशिमको गोलबाट सातदोबाटोले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा अमृतले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सातदोबाटोले २-० को अग्रता लिएको थियो ।

खेलको ५४ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोको अग्रता तेब्बर बनाएका थिए । खेलको ६३ औं मिनेटमा दिनेशले गोल गर्दा सातदोबाटो ४-० ले अघि रह्यो । खेलको ७९ औं मिनेटमा बाँसबारीका निशानले एक गोल फर्काएपनि सातदोबाटोले ४-१ को सहज जित निकाल्यो । जितसँगै सातदोबाटोले उपाधि होड बलियो बनाएको छ । बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्दा निशान सुनारले एक गोल फर्काएका थिए ।