देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रसंघले दुई नेपाली सैनिकलाई सम्मान गर्ने

देशान्तर

काठमाडौं । राष्ट्रसंघअन्तर्गत रहेर शान्ति सेनामा खटिने क्रममा वीरगति प्राप्त गरेका दुई नेपाली सैनिकसहित एक सय २८ जनालाई राष्ट्रसंघले सम्मान गर्ने भएको छ ।

जेठ १६ मा शान्ति सेना दिवसको अवसरमा राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा आयोजना हुने विशेष कार्यक्रममा त्यस्तो सम्मान दिन लागिएको हो । सम्मानित हुने नेपालीहरूमा केहरसिंह थापा र बलबहादुर नेपाली छन् । थापाको सुडानको डार्फर र नेपालीको कंगोमा शान्ति सेनामा खटिएका बेला मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको आहवानमा विभिन्न देशमा शान्ति स्थापनाका लागि उल्लेखनीय योगदान पुर्‍याउने प्रहरी र सर्वसाधारणलाई सम्मान गर्ने उल्लेख छ । कान्तिपुर दैनिकमा समाचार छ।
 
 

]]>