देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस हतारिएर सरकारमा जानु हुँदैन : नेता सिंह

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् ।

सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने बताए ।

नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि कांग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाव व्यक्त गरे । उनले पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए ।

उनले संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताए ।