देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिभरपुलको पाँचौं हार, चेल्सी चौथो स्थानमा

देशान्तर

इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल लगातार पाँचौं हार ब्यहोर्न बाध्य बनेको छ ।

विहीबार राति भएको खेलमा चेल्सीसँग १–० गोल अन्तरले पराजित भयो । लिभरपुलको घरेलै मैदानमा लगातार पाँचौं हार पनि हो ।

पहिलो हाफको तीन मिनेटअघि मासोन माउन्टलको शानदार एकल प्रयासमा पाहुना टोलीले गोल गरेको थियो र त्यही गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।

यो जितसँगै यसै सिजनकोबीचमा नियुक्त भएका प्रशिक्षक थोमस टचेलको मातहतमा अविजित यात्रा १० खेलसम्म पुगेको छ ।

चेल्सी चौथो स्थानमा पुग्दा लिभरपुल सातौं स्थानमा छ । च्याम्पियन्स लिग खेल्न योग्य बन्नकै लागि लिभरपुलले बाँकी खेलहरु जित्नैपर्ने हुनसक्छ ।

लिभरपुलले गत सिजन १८ अंकको अन्तर पारेर उपाधि जितेको थियो । उनीहरु ६८ खेलसम्म घरेलु मैदानमा अपराजित थिए ।

गएको जनवरीमा बर्नलीसँग हारेयता उनीहरुले हारयात्रा कायम गर्न थालेका छन् र यो पाँच खेलसम्म पुगेको छ ।


डिफेण्डर एन्डी रोवर्टसनले विगतलाई हेरेर वर्तमानको आंकलन गर्न नहुने बताएका छन् ।

‘पछिल्लो सिजन सकिएको धेरै भइसक्यो,’ उनले स्काइ स्पोर्टससँग भने, ‘लिभरपुल टिम पूर्ण हुनका लागि हामीसँग केहि पनि छैन । हामी तल–तल झरिरहेका छौं, पक्कै पनि धेरै नराम्रो भइरहेको छ ।’