देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विल्बाओ र बार्सिलोना कोपा डेल रे को उपाधिका लागि भिड्ने

देशान्तर

स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेको उपाधिका लागि एथ्लेटिक विल्बाओ र बार्सिलोना भिड्ने भएका छन् ।

अप्रिल १७ मा उपाधिका लागि दुई टिम आमने सामने हुने छन् । विहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेभान्टमाथि २–१ गोलको जीत निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 बार्सिलोनाले फाइनलमा पुग्न सेभियामाथि नाटकीय पुनरागमन जित हासिल गरेको थियाे ।

विल्बाओले १५ दिनको अन्तरमा एउटै प्रतियोगिता अर्थात् कोपा डेल रे को फाइनल खेल्दैछ । अघिल्लो सिजन पनि विल्बाओ फाइनलमा पुगेको थियो । उपाधिका लागि रियल सोसिडाडसँग खेल्नुपर्ने थियो । तर कोरोना महामारीका कारण फाइनल स्थगित भयो ।

त्यही खेल स्पेनिस फुटबल संघले आगामी अप्रिल ३ मा खेलाउने निर्णय गरेको छ । र, यो सिजनको फाइनल अप्रिल १७ मा हुनेछ । दुवै खेल सेभियाको मैदानमा हुँदैछन् ।
लेभान्टेमाथिको जितका लागि विल्बाओका राउल गार्सिया र एलेक्स बेरेनगरले गोल गरे । पहिलो लेगमा यी दुईले १–१ गोलको बराबरी खेलेका थिए ।

दोस्रो लेगमा पनि १७ मिनेटमा मार्टीको गोलसँगै लेभान्टेले अग्रत बनाएको थियो । तर गार्सियाले ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा आयो ।

नियमित समयमा सकिँदा समग्रा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो । १ सय १२ औं मिनेटमा बेरेनगरले गोल गरी विल्बाओलाई लगातार दोस्रो सिजन फाइनलमा पुर्‍याए ।

विल्बाओले कोपा डेल रे उपाधि २३ पल्ट जितेको छ । तर सन् १९८३–८४ को सिजनयता जित्न सकेको छैन । दुई साताको अन्तरमा हुने दुई फाइनलमा उनीहरु जित्न चाहन्छन् ।