देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गर्भपतन गर्ने चक्कीले ज्यान जोखिममा

देशान्तर

काठमाडौं । गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचाररत छिन् । उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलले दिएको भरमा त्यो औषधि आएकी थिईन। मिफेस्प्रिटोन, मिजोप्रोस्टोल लगायतका औषधि किनेर खाई ज्यान जोखिममा पार्नेहरुमा उनी एक्ली होइनन् ।

प्रसुति गृहमा त्यस्ता समस्या लिएर दिनहुँ एक दुई जना पुग्ने गरेका छन् । गर्भपतन को चक्की डाक्टरको सिफारिस बिना बेचे ५ वर्ष कैद हुने प्रावधान छ भने १२ सातासम्मको गर्भलाई पतन गर्न मिल्छ । ‘यी चक्कीले चिकित्सकीय सहयोगमा ६३ दिनसम्मको गर्भपतन गर्न मिल्छ । तर, आफूखुसी प्रयोग गरेर वा त्यसभन्दा बढी समयको गर्भमा खाएर पाठेघर फुटाएकाहरूसमेत हामीकहाँ आउँछन्,’ प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमले भने, ‘गर्भपतनको चक्कीलाई पारासिटामोलजत्तिकै सामान्य ठान्ने क्रम बढेको छ ।’

गौतम सकेसम्म गर्भपतन नगराउन सल्लाह दिन्छन् । ‘औषधि वा औजार प्रयोग गरेर गरिने गर्भपतनमा कुनै न कुनै समस्या वा खतराको सम्भावना हुन्छ,’ उनले भने । पछिल्लो जनसांख्यिक सर्वेक्षणअनुसार नेपालमा २५ प्रतिशत गर्भ बिनायोजना रहने गरेको छ । परिवार स्वास्थ्य महाशाखाका डा. झलक शर्मा गौतमका अनुसार मुलुकमा बर्सेनि करिब ६ लाख गर्भवती हुने गरेकामा १० प्रतिशतसम्म गर्भपतन हुने गरेको छ ।

असुरक्षित गर्भपतनको परिणामस्वरूप पाठेघर झिक्नुपर्ने अवस्थामा पुगेकी ती महिलाले भनिन्, ‘मितिनीले चक्की खाए गर्भपतन हुने भनिन्, पसले दाइलाई सोध्दा त्यही भनेर औषधि दिए, खाएपछि यो हाल भयो ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

]]>