देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहीबार ९० अंकले बढ्यो नेप्से

देशान्तर

काठमाडौँ – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९०.६७ अंक अर्थात् ३.७५ प्रतिशतले बढेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक बिहीबार २,५०६.६८ बिन्दूमा पुगेको छ । नेप्सेका सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य बिहीबार उल्लेख्य बढेपछि बजार उकालो लागेर पुनः २,५०० बिन्दूको थ्रेसहोल्ड पार गरेको हो ।

बजार २,४०० बिन्दूको आसपासमा आएपछि भने बिहीबार सेयर बजारमा पुनः खरिदको चाप परेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत अर्थात् १४.६७ ले बढेको छ ।

आज नेप्सेका सबै समूहका परिसूचक उकालो लागेपछि सेयर बजारमा हरियाली छाएको छ । बिहीबार पनि अन्य समूहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ११ हजार सात सय ९५ वटा कारोबारबाट ५३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी लिमिटेड र चन्द्रागिरी हिल्सको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ । बिहीबार नेप्सेमा २०६ कम्पनीको ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ मूल्यका ६५ हजार एक सय ७४ कारोबारबाट १ करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता सेयर खरिदबिक्री भएको छ ।