देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ गते

देशान्तर

विराटनगर – प्रदेश १ सभाको भोलि बस्ने भनिएको बैठक सरेको छ । हिउँदे अधिवेशनको फागुन २० गतेका लागि तय भएको चौथो बैठक सरेको संसद् सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार अर्को बैठक चैत २ गते दिउँसो साढे १२ बजे बस्नेछ ।

फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समूहले पुष १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो । तर उक्त प्रस्तावमाथि अहिलेसम्म छलफल भएको छैन ।