देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता छन् रोक्ने उपायहरू

देशान्तर

काठमाडौँ – पछिल्लो समय मानिसहरु बढी व्यस्त हुने हुदाँ कपाल झर्ने समस्या बढी देखिने गरेको छ । यो समस्या कुनै पनि उमेर समुहका मानिसलाई पनि हुन्छ । कपाल झर्ने समस्या बढ्दै गएर सानो उमेरमानै तालुपना देखिन्छ । जसले गर्दा तनावसँगै हिनताबोध समस्या ल्याउँछ । तर कपाल झर्न रोक्नका लागि हामीले खाने खोनकुराहरुले समेत प्रत्यक्ष प्रभाव पार्दछ ।

यस्ता छन् कपाल झर्नबाट रोक्ने उपायहरु

सिमी : सिमीमा प्रर्याप्त मात्रामा फाइबरका साथै प्रोटिन पनि पाइन्छ जसले कपालको विकासमा सहयोग गर्दछ ।

बदामर काजु : बदाम र काजुमा ओमेगा ३, सेलेनियम, जिंक जस्ता पदार्थ पाइन्छ जसले कपाललाई स्वस्थ र चम्किलो बनाउँछ ।

गाँजर : गाँजरमा भिटामिन ए प्रर्याप्त मात्रामा पाइने हुनाले यसले कपाललाई प्राकृतिक कन्डिसिनिङ गर्दछ ।

सल्मोन माछा : यसमा प्रशस्त मात्राम ओमेगा ३, भिटामिन बी १२ पाइन्छ, जसले कपाललाई बलियो बनाउँछ । ओमेगा र भिटामिन बी १२ को कमीले कपाल रुखो बन्छ ।

हरियो सागसब्जी : हरियो सागसब्जीमा आइरन, भिटामिन, क्याललि्सयम पाइन्छ ,जुन कपालको वृदि्धको लागि निकै उपयोगी हुन्छन् ।

अण्डा : यसमा प्रोटिन, भिटामिन बी १२, वायटिन जस्ता तत्व पाइन्छ ।जसले कपाललाई बलियो बनाउँछ ।