देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहिद स्मारक ‘बी’ डिभिजन लिग : नयाँबस्ती र टुसालको बराबरी

देशान्तर

काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १-१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता जोगाउन नसक्दा नयाँबस्ती बराबरीमा रोकिनु परेको हो ।

खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १-१ गोलको बराबरी ल्याएका थिए । यस बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा रहेको छ । टुसाल ९ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।