अमेरिकाले रुसी उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयास भएको विषयमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।
अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकाले रुसका सात शीर्ष अधिकारी तथा रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ फर्ममाथि प्रतिबन्ध लगाएको हो ।
नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको निष्कर्ष अमेरिकाले निकालेको छ ।
नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । नाभाल्नीलाई हाल रुस सरकारले जेलमा राखेको छ ।
प्रतिक्रिया