नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गीअड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक शुरु हुँदैछ ।
महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिहरुले आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
सैनिक जनसम्पर्क सूचना निर्देशनालयका अनुसार महानिर्देशनालय र विभागीय प्रमुखहरुले आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए गरेका कामबारे कार्य सूची प्रस्तुत गर्नेछन् । ति प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
नेपाली सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाको सातवटै प्रदेशमा एक एक तथा काठमाडौँ उपत्यकामा एउटा पृतना रहेको छ ।
प्रतिक्रिया