पूर्वी अफगानिस्तानको जलालाबादमा मंगलबार बन्दुकधारीले तीन महिला पत्रकारको गोली हानी हत्या गरेको छ ।
कार्यालयबाट पैदल घर जाँदै गरेका तीनै जनालाई गोली हानेर मारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । युद्ध अन्त्यका लागि निरन्तर प्रयास भइरहेको बेला विद्रोहीले सञ्चारकर्मीको हत्या गरेका हुन् ।
उक्त घटनापछि शान्तिवार्ताका लागि अफगान तालिवान समूहसँग भइरहेको अमेरिकी प्रयासमा धक्का पुगेको छ । आक्रमणकारीको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
विद्रोही तालिवानले हतियार त्याग गर्न प्रमुख शर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने राख्दै आएको छ ।
प्रतिक्रिया