देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

देशान्तर

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई ४–१ गोलले पराजित गरेको हो । जितसँगै उसको उपाधि होडको दाबेदारी बलियो बनेको छ ।

घरेलु मैदानमा भएको खेलमा सिटीले तीन गोल गर्‍यो भने एक गोल उपहारमा पायो । उसका लागि गाब्रियल जिससले दुई तथा रियाद महरेजले एक गोल गरे ।

खेलको १५ औँ मिनेटमा वुल्भ्सका डेन्डन्करले गरेको आत्मघाति गोलबाट सिटीले अग्रता लियो । खेलको ६१ औँ मिनेटमा कोडीले वुल्भ्सका लागि बराबरी गोल फर्काए । त्यसपछि सिटीले तीन गोल गरेको हो ।

जिससले ८० र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे । यस्तै महरेजले ९० औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको सिटीको २७ खेलबाट ६५ अंक भएको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १५ अंकले पछि रहेको छ । यस्तै तेस्रो स्थानको लेस्टर सिटीभन्दा म्यानचेस्टर सिटी १६ अंकले अघि रहेको छ ।