काठमाडौँ – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग सरकारले वार्ता थाल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै चन्द समूहसँग वार्ता थाल्ने घोषणा गरेका थिए । मोरङको विराटनगरमा आयोजित सभामा ओलीले वार्ता गर्ने बताएकै दिन विप्लव समूहले वक्तव्य निकालेर वार्तामा बस्न तयार रहेको जनाएको थियो ।
सरकारले वार्ता टोली गठन गरेर नाम सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो समय पुष्पकमल दाहाल समूह छाडेर ओली समूहबाट खानेपानी तथा सरसफाईमन्त्री बनेका मणि थापा विप्लव समूहका नेताहरुसँग निरन्तर अनौपचारिक कुरा गरिरहेका छन् । त्यसलाई औपचारिकता दिन वार्ता समिति गठन हुन लागेको बताइएको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले केहीबेरमा वार्ता टोलीको सदस्यहरुको नाम सार्वजनिक गर्दैछन् ।
प्रतिक्रिया