देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो

देशान्तर

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।