फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय सुनाइएको छ।
आफुविरुद्ध लागेको एक आपराधिक आरोपबारे सुचना उपलब्ध गराउन सार्कोजीले सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोप छ ।
जेल सजाय हुने ६६ वर्षीय सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन्। सार्कोजीका कानुन व्यवशायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको छ।
सार्कोजीले सजाय भएकोमध्ये एक वर्ष घरमै बसेर काट्न सक्ने जनाइएको छ। सार्कोजीलाई आफुले गरेको काम गलत थाहा हुँदाहुँदै पनि संलग्न भएको र कानुन व्यवशायीले न्यायालयको छवी बिगारेको आरोप छ ।
सार्कोजीका कानुन व्यवशायी र ती सरकारी अधिकारीबीच भएको टेलिफोन सम्वाद सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो। सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए।
सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा आर्थिक अनियमितता गरेको आरोपमा सार्कोजीविरुद्ध मार्च १७ देखि अर्को सुनुवाई पनि सुरु हुँदै छ।
प्रतिक्रिया