देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा रियल मड्रिड बराबरीमा रोकियो

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा रियल सोसिडाडसँग एक एक गोलको बराबरी खेल्दै तालिकामा एक अंक थपेको हो । 

ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले क्लबका लागि एक सयौं खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्काएका थिए ।

उनको गोलले ला लिगामा रियल मड्रिड घरेलु मैदानमा सोसिडाडसँग हारबाट जोगिएको थियो ।
पहिलो हाफ सान्टियागो बर्नबाउमा घरेलु टोलीले बर्चश्व बनाएको थियो ।

मारियानो र रफायल भारानेले दुई मिनेटको अन्तरमा गरेको हेड क्रसबारमा लागेपछि गोल हुन सकेन ।
दोस्रो हाफमा सोसिडाडले निकै नै सुधारिएको खेल प्रदर्शन गरेको थियो । ५५ औं मिनेटमा नाचो मानरियल्सको क्रसलाई सदुपयोग गरी पोर्तुगेज मान्जानेराले शानदार हेड गोल गरे ।
जिदानेले ६१ औं मिनेटमा अग्रपंक्तिका तीन खेलाडी परिवर्तन गरे ।

तिनैमध्येका एक भिनिसियसले लुकास भाज्क्वेजको पासमा ८९ औं मिनेटमा गोल गरे, हार टारे ।
यो बराबरीले सबै प्रतियोगितामा गरी रियल मड्रिडको पाँच खेलको अजेय यात्रा सकिएको छ । र ला लिगामा बार्सिलोनालाई पछि पारी दोस्रो स्थानमा उक्लले अवसर पनि गुमाएको छ ।

२४ खेलबाट बार्सिलोना र रियलको समान ५३ अंक भएको छ । गोलअन्तरले बार्सिलोना अगाडि रह्यो । एक खेल कम खेलेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा ५ अंक अगाडि छ । सोसिसाड पाँचौं स्थानमा छ ।