देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा एभर्टन विजयी

देशान्तर


इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । सोमबार राति भएको खेलमा खेलमा एभर्टनले साउथ ह्याम्पटनमाथि १–० गोल अन्तरको जीत दर्ता गरेको हो ।


एर्भटनको जीतमा रिर्चालिसनले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा रिर्चालिसनले नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

सोही अग्रता एभर्टनले अन्तिमसम्म पनि जोगाउन सफल भयो । यो नतिजासँगै एर्भटन २५ खेलबाट ४३ अंक बनाएको छ र तालिकाको सातौं स्थानमा छ । ३० अंक बनाएको साथउह्याम्पटन भने १४ औं स्थानमा छ ।