देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्म थिरिमालीमा अनुबन्ध

देशान्तर

काठमाडौँ – अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा डेब्यू गर्ने भएकी छन् । नेपाल र भारतमा छायांकन हुन लागेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ मा स्वस्तिमा अनुबन्ध भएकी हुन् । फिल्मको निर्माण टिमले हालै स्वस्तिमासँग सम्झौता गरेको हो । स्वस्तिमाले सामाजिक सञ्जालबाट ‘थिरिमाली’ साइन गरेको जानकारी दिँदै यसले आफूलाई नयाँ कुरा सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् ।

फागुन अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘चिसो मान्छे’ पछि उनले यो फिल्मका लागि समय छुट्याउनेछिन् । ‘थिरिमाली’ को छायांकन भने चैत पहिलो साताबाट सुरु हुँदैछ । राजिव सेट्ठीले निर्देशन गर्ने फिल्मको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ । फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मसले सहकार्य गरेको छ ।

फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने भएको छ । साथै थिरिमाली नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न भाषामा निर्माण हुनेछ ।