काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका सोमबारदेखि खुल्न लागेको हो ।
सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको हो । सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक(दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने ।
रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निकै मेहनत गर्नुपरेको थियो ।
यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयासबाट नाका खोल्न नसकिने जानकारी माथिल्लो निकायलाई गराइएको थियो
प्रतिक्रिया