काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । यति एयरलाइन्सको पहिलो विमानबाट आइतबार झापा पुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को दुई समूह विभाजित भएपछि प्रधानमन्त्री पहिलो पटक गृह जिल्ला गएका हुन्। नेकपा विभाजित भएकाले चन्द्रगढी विमानस्थलमा यस पटक सुरक्षा व्यवस्था कडाइ पारिएको थियो। उनको सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका छन्।
प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईँ, ओली निकट सांसद्, केन्द्रीय नेता, स्थानीय तहका प्रमुखहरु विमानस्थल पुगेका थिए।
प्रतिक्रिया