देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्च रक्तचापका दुई संकेत

देशान्तर

एजेन्सी । उच्च रक्तचापले मानिसलाई विस्तारै-विस्तारै मृत्युको ढोकासम्म पुर्याउँछ । त्यसैले याे रोगलाई साइलेन्ट किलर पनि भनिन्छ । उच्च रक्तचापका लक्षणहरूबारे सबै जानकार नै छन् तर अनुहार हेरेर राेग पत्ता लगाउन सकिने त्यस्ता दुई लक्षणबारे भने कमैलाई मात्रै थाहा हुन सक्छ ।

उच्च रक्तचापकाे सम्बन्ध आर्टिरियल्स नामकाे धमनीसँग हुन्छ । आर्टिरियल्सले हाम्रो शरीरमा नियमित रक्त प्रवाह गर्छ । जब याे पातलाे हुन्छ तब मानिसकाे मुटुले रगत पम्प गर्न अधिक प्रयास गर्छ, जसकारण शिरामा पनि दबाब बढ्न जान्छ ।

वेबएमडीको एक रिपोर्ट अनुसार रिंगटा लाग्नु, नर्भस हुनु, पसिना आउनु र निन्द्रा नलाग्नु पनि उच्च रक्तचापकाे लक्षण हुन सक्छ । तर यी लक्षणहरू यति सामान्य छन् कि जसकाे अन्य थुप्रै कारणहरू पनि हुन सक्छन् ।

अमेरिकन हर्ट एसोसिएसनका अनुसार आँखाका रक्तनलीमा रगतकाे दाग जसलाई सबकन्जुक्टिभल हेमरेज भनिन्छ जुन उच्च रक्तचापकाे संकेत हुन सक्छ । आँखामा ब्लड स्पट देखिनु मधुमेह र उच्च रक्तचापकाे सामान्य लक्षण भएकाे विज्ञहरू बताउँछन् । आँखा चिकित्सकले उपचार नगरी उच्च रक्तचापको कारण र अप्टिक स्नायुहरूमा पुगेकाे असरबारे पत्ता लगाउन सक्छन् ।

यस्तै अनुहारमा देखिने राताे चिन्ह र उच्च रक्तचापकाे सिधा सम्बन्ध हुन सक्ने अमेरिकन हार्ट एसोसिएसनले जनाएकाे छ ।फेसियल फ्लसिङ्गकाे समस्या त्यतिबेला हुन्छ जब अनुहारकाे रगत निकै पातलाे हुन्छ । यस्ताे अप्रत्याशित या सूर्यकाे किरण, चिसाे माैसम, मसालेदार खाना, हावा, ताताे पेय पदार्थ या स्किन केयर प्राेडक्टले पनि हुन सक्छ । फेशियल फ्लसिङ्ग समस्या तब हुन सक्छ, जब शरीरको रक्तचाप सामान्य भन्दा माथि हुन्छ ।

रक्तचापबारे मानिसहरूमा धेरै भ्रमहरू छन् । जानकारी नहुँदा रक्तचाप नियन्त्रणका लागि उचित कदम चाल्न सकिरहेका छैनन् । रक्तचाप नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन ल्याउनु पनि जरूरी छ । साथै खानपानमा पनि ध्यान दिनुपर्छ ।