देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज ८१ जना कोरोना सङ्क्रमित थपिए ; थप ४८ जना संक्रमण मुक्त ; दुई जनाको मृत्यु

देशान्तर

काठमाण्डौ – पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ हजार आठ सय २४ जनामा पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । २४ घण्टामा थप ४८ जना निको भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ सय ७३ पुगेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा अहिले नौ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन्